महामारीको संकटमा निर्माताहरु फिल्म निर्माणको घोषणा गर्दै

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७७, सोमबार

काठमाडौं । मुलुकमा लकडाउनका कारण सबै क्षेत्रको व्यवसाय ठप्प छ । चलचित्र उद्योग पनि ठप्प भएको बेला अझै पूर्ण रुपमा व्यवसायिक बन्न समय लाग्ने देखिन्छ । नेपाल सरकारले सिनेमा हल खुल्न अझै समय लाग्ने बताइसकेको छ । यसैले पनि रिलिजका लागि तयार भएका चलचित्रहरु हलमा कहिलेबाट लाग्छन् पक्का छैन ।

तर, लक डाउन खुकुलो भएसँगै चलचित्र तथा म्यूजिक भिडियो सम्बन्धी गतिविधी भने बढ्न थालेका छन् ।

लक डाउन खुकुलो भएसँगै चलचित्र निर्माणको घोषणा पनि हुन थालेको छ । निर्देशक दीनेश पौडेलले चलचित्र ‘कालुराम’ बनाउने तयारी गरेका छन् । उनले, अहिले चलचित्रको प्रि प्रोडक्शनको काम अगाडि बढिरहेको भन्दै चाडै नै छायांकनमा जाने बताए ।

यस्तै, चलचित्र ‘म त तिम्रै हुँ’का निर्देशक श्रीराम महत्तले पनि नयाँ चलचित्रका लागि गीत रेकडिङको काम सुरु गरेका छन् । उनले, एउटा आइटम गीत रेकर्ड गराइसकेका छन् । कलाकार छनोट प्रक्रियामा रहेका उनले चाडै नै छायांकन सुरु गर्ने बताए ।

यस्तै, चलचित्र निर्माता तथा लेखक मौनता श्रेष्ठले पनि चलचित्र ‘आँधी तुफान २’ बनाउने बताइसकेका छन् । यो चलचित्रको कथा लेख्ने काम सकिएको छ ।

यी बाहेक ‘ए मेरो हजुर ४, परदेशी २’ लगायतका चलचित्रको छायांकन चाडै नै सुरु गर्ने योजनामा निर्माता छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु