राष्ट्रभावले ओतप्रोत गीत ‘ए झण्डा’

म्यूजिक खबर
प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार

गीतकार रमेश दहालको रचना रहेको ए झण्डा राष्ट्रिय गीत सार्वजनिक भएको छ । गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको संगीत र सुप्रसिद्ध गायक रामकृष्ण ढकालको स्वर सुन्न सकिन्छ ।
गीतमा विभिन्न देशका सयौँ झण्डाहरुबीच नेपाली राष्ट्रिय झण्डाको गरिमा सधैँ उच्च हुनुपर्छ भनिएको छ । झण्डाहरुको माझ नेपालको झण्डा सधैँ उच्च रहनुपर्छ र यसले नेपालको सम्पूर्ण भूगोल समेटेर राख्नुपर्छ । नेपाली झण्डाले मेची र काली, हिमाल, पहाड र तराई अनि जातजाती बीच सधैँ समानता कायम गर्न सकोस् भन्ने आसय गीतमा व्यक्त गरिएको छ ।

सार्वजनिक गीतमा मनोहर सुनामले सङ्गीत संयोजन र भोला पौडेलले ध्वनि सम्पादन गरेका छन् । गीतको म्युजिक भिडियो समेत बन्ने क्रममा छ ।

गीत यस्तो छ :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु