माघ ११ बाट देशभर चलचित्र ‘बैना’ !

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७५, सोमबार

काठमाडौं । लिङ्देन फिल्मस्को ब्यानरमा निर्मित चलचित्र ‘बैना’ माघ ११ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । आईतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त कुराको जानकारी निर्माणपक्षले गराएका हुन् । चलचित्रमा सुबाष मेचे, रञ्जिता लिम्बु, सुरबिर पण्डित, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, उदय सुब्बा, युमारानि लिम्बु, सन्तु मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा बिकाश चौधरीको संगीत, राजु किरातिको द्धन्द, कमल राइको नृत्य रहेको छ । कथा, पटकथा, सम्बाद बिजय केरुङको रहेको चलचित्र ‘बैना’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताईन्छ ।

दिलप्रकाश याक्सो निर्देशित चलचित्र ‘बैना’ पूर्वाञ्चलका रमणिय स्थान दमक, धनकुटा, ईलाममा छायांकन गरिएको हो । भुपेन्द्र लिङ्देनको प्रस्तुति रहेको चलचित्र ‘बैना’लाइ हिमालि लिङ्देन, राजु लिङ्देन, धन बहादुर याक्सो, बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

 

चलचित्र ‘बुलबुल’ को नयाँ प्रचार शैली, स्वस्तिमाले लिइन् आफ्नै अन्तरर्वाता, भिडियो हेर्नुहोस् !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु