चलचित्र ‘बुलबुल’ को नयाँ प्रचार शैली, स्वस्तिमाले लिइन् आफ्नै अन्तरर्वाता, भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७५, सोमबार

नेपाली चलचित्रमा प्रचारको खासै नयाँ तरिका पाइदैन । तर, फागूण ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बुलबुल’ को निर्माणपक्षले नयाँ तरिका अपनाएको छ । जसले चलचित्रको प्रचारमा फाइदा मिलेको छ ।

गीत सार्वजनिक गर्दा होस् या टिजरमा नयाँ प्रयोग गरेर होस्, दर्शकसम्म पुग्नका लागि नयाँ तरिका अपनाइएको छ । यहीक्रममा, चलचित्रमा टेम्पो चालकको रुपमा रहेकी नायिका स्वस्तिमा खड्काले आफूसँग आफ्नै इन्टरभ्यू लिएकी छिन् ।

स्वस्तिमाले चलचित्रमा ‘रनकला’ बनेकी स्वस्तिमाको इन्टरभ्यू गरेकी छिन् । निर्देशक विनोद पौडेलले स्वस्तिमाले चलचित्रमा निर्वाहा गरेको भूमिकालाई दर्शकमाझ परिचित गराउनका लागि यो शैली अपनाएको बताए । सार्वजनिक २ टिजरमा ‘चोपेन्द्र’ पात्रलाई स्थापित गराउन सफल भएको भन्दै उनले अब ‘रनकला’ लाई स्थापित गराउन यो तरिका अपनाएको बताए ।

 

 

चलचित्र ‘गोपी’ को दोश्रो गीत ‘तेरो आफ्नो’ सार्वजनिक, हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु