‘साइँली’को ‘प्याटप्याटे चप्पल’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० फाल्गुन २०७५, शुक्रबार

काठमाण्डौ । चैत्र १५ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘साइँली’ को ‘प्याटप्याटे चप्पल’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ भने हर्क साउदको शब्द छ । चलचित्रको त्यस गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंहको प्रस्तुति रहेको छ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘साइँली’ नायक गौरव र गायक हेमन्त रानाले मिलेर निर्माण गरेका हुन् । हेमन्त रानाको चर्चित गीत ‘साइँली’ बाट नै यो चलचित्रको नाम राखिएको छ । चलचित्रमा विशाल गुरुङ र मोहन रानामगरको लगानी रहेको छ ।
यो चलचित्र ‘जीएच इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको हो । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

चलचित्रमा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंहसँगै माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुणा कार्की लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्र ‘साइँली’ को रमाइलो गीत ‘नाच माया’ सार्वजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु