चलचित्र ‘साइँली’ को रमाइलो गीत ‘नाच माया’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७५, सोमबार

काठमाडौं । चलचित्र ‘साइँली’ को पहिलो गीत ‘नाच माया’ सार्वजनिक भएको छ। जिएच इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलबाट गीत आइतबार सार्वजनिक भएको हो। हेमन्त रानाको स्वर र कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको ‘साइली’ गीतमा बनेको चलचित्रको ‘नाच माया’ बोलको गीतमा स्वर हेमन्त रानाको रहेको छ। गीतमा सङ्गीत सुशान्त गौतमको रहेको छ भने गीतको शब्द हर्क साउदले लेखेका हुन्। गीतमा चलचित्रका मुख्य कलाकार नायकद्वय गौरव पहारी र दयाहाङ राई तथा नायिका मेनुका प्रधानलाई देखाइएको छ।

चलचित्रलाई ’कबड्डी’ फेम निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन् । ‘साइँली’ को कथा पनि निर्देशक गुरुङ आफैले लेखेका हुन् । चलचित्रमा हेमन्त, गौरव, अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको संयुक्त लगानी रहेको छ । चलचित्र चैत्र १५ गतेबाट प्रदर्शनमा आउने छ।सर्वाधिक चर्चित गीत ‘साइली’ लाई अब चलचित्रको पर्दामा देख्न पाइने भएको छ । ‘साइली’को बिषयवस्तु लाई समेटेर चलचित्र निर्माण गर्ने घोषणा भएको छ । राजधानीमा एक कार्यक्रमका बीच मुख्य कलाकार गौरब पहारी र मेनुका प्रधान रहने गरि चलचित्रको निर्माण घोषणा गरिएको हो ।

 

 

चलचित्र ‘मदहोस’को गीत ‘दिलको पिंजडामा’ रिलिज

राजु पौडेलको प्रस्तुती रहेको ‘मदहोस’ चलचित्रको लिरिकल गीत ‘दिलको पिंजडामा’को भिडियो रिलिज भएको छ । गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’को गीत, बाबुल गिरीको संगीत रहेको छ भने, नित्याशिवा र बाबुलकै आवाज रहेको छ । प्रियांका अधिकारी र दिपेन्द्र कोइरालाको फिचरिङ रहेको उक्त गीतमा राजु शाहको नृत्य, बिक्रम कार्कीको छायांकन देव महर्जन को द्धान्द्ध रहेको छ ।

चलचित्र ‘मदहोस’मा सन्तोष श्रेष्ठ, कसिस दहाल, राजु पौडेल, हेम लता घिमिरेलगायतको अभिनय रहेको छ । ‘मदहोस’मा गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशन रहेको छ । नेपाली नयाँ बर्षका दिन रिलिज गर्ने लक्ष्य सहित पोस्टरको काम भईरहेको छ ।

चलचित्र ‘मदहोस’को गीत ‘दिलको पिंजडामा’ रिलिज

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु