३ दशक निरन्तर साधनामा जुटेकी नलिनालाई नियाल्दा …(जन्मदिन विशेष)

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

काठमाडौं । नेपाली पप गायनमा कुनै समय एकछत्र राज गरेकी गायिका हुन् नलिना चित्रकार । नलिनाले २०४७ सालतिर ‘तिम्रो अधर’ बोलको गीत लिएर उदाएकी नलिना गायनमा लागेको पनि तीन दशक पुगेको छ । आज तिनै निरन्तर साधना जुटिरहेकी, योगदान पू¥याइरहेकी गायिका नलिनाले जन्मदिन मनाउँदैछिन् ।
नलिनाको जन्म २०३० साल भाद्र २५ गते काठमाडौको वसन्तपुर स्थित मरुटोलमा भएको हो । उनले सानै उमेरदेखी कलाकार बन्ने लक्षण देखाएकी थिइन् । नाँच्न र गाउन भुतुक्कै हुन्थिन् । नलिना यस्ती भाग्यमानी गायिका हुन्, जो पहिलो गीतबाटै हिट भइन् त्यसपछि उनले कहिल्यै फर्केर हेर्नु परेन। नलिना स्टेजबाट चलेकी गायिका हुन् । उनले जुन समयमा गाउन थालिन्, त्यस बेला स्टेजमा जम्न सक्ने कलाकारका लागि सुनौलो समय थियो। आफ्नो समयमा स्टेजमा एकछत्र राज गरिन् ।
दुई सय बढी गीतमा स्वर दिएकी नलिनाका ‘प्रियतम’, ‘नलिना’, ‘नलिनाको रङ’, ‘सेलेक्टेड नलिना’, ‘जिन्दगी’, ‘रिफ्रेस ०८’, ‘सासले’जस्ता एल्बम बजारमा आएका छन्। ‘तिम्रो अधर’, ‘किन किन’, ‘गोरी काली सानी मोरी’, ‘चाहिँदैन हीरामोती’, ‘मेहन्दी लगाऊ’, ‘काले कृष्ण’, ‘पानी पानी’जस्ता उनका गीत श्रोतादर्शकले बढी रुचाएका छन् ।
१७ वर्षअगाडि व्यवसायी सञ्जीव मिश्रसँग विवाह गरेकी नलिनाका १५ वर्षीय छोरा सक्षम मिश्र पनि गायनमा रुचि राख्छन् । उनी परिवार सहित अमेरिका बस्दै आएकी उनी अहिले पनि संगीत मै व्यस्त छिन् । गायिका नलिना चित्रकारलाई सांगीतिक, व्यक्तिगत तथा पारिवारीक सम्पूर्ण पाटोमा सुख, ऐष र सम्बृद्धी र मान सम्मान मिलिरहोस्, म्यूजिक खबर परिवारको तर्फबाट जन्मदिनको उपलक्ष्यमा लाखौंलाख शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु