• बुढो नपाएकी कृष्णा र दुलही नपाएका नेत्रको पीडा

    म्यूजिक खबर
    प्रकाशित: २५ श्रावण २०७१, आईतवार

    काठमाडौं, २५ साउन । गायिका कृष्णा बिसी तिजको छेको पारेर आफूले बुढो नपाएको पीडा गीतमार्फत पोख्न व्यस्त छिन् भने गायक नेत्र भण्डारी पनि दुलही नपाएको गुनासो गीतबाटै गरिरहेका छन् । नयाँ वर्ष लाग्छ, तिज आउँछ, दशैं आउँछ हुँदा हुँदै चैत पनि बितिजान्छ अनि फेरि नयाँ वर्ष सुरु हुन्छ तर बुढो नपाएर बस्नु परेको पीडा गायिका कृष्णा बिसीको छ भने जति धर्म कर्म गरे पनि एक्लै हुनु पर्दाको पीडा नेत्र भण्डारीलाई छ । जति पढे पनि, कुलतमा नलागे पनि यी दुई जनालाई परेको पीडा भने न राम राम भनेर कम हुने भयो न त शिव शम्भू भनेर कम हुने भो । उनका गीत शब्दमा
    तिज आउँछ दशैं आउँछ लाग्छ खुशी महिना
    हेर्दा हेर्दा चैत नि जान्छ हुनी केही नि होइन
    जय शिव शम्भु, जय जय शिव शम्भू
    सबै पाइयो, बुढो पाइनँ त्यही कुराको क मभो

    धेरै गरे धर्म कर्म धाएँ चारै धाम
    जे गर्दा नि एक्लै भइयो हरे राम राम
    जय शिव शम्भू, जय जय शिव शम्भू
    सबै पाइयो दुलही पाइनँ त्यही कुराको कम भो

    गायिका कृष्ण बिसी, नेत्र भण्डारी र सुशील डाँगीको स्वर रहेको जय शिव शम्भू बोलको गीतमा यिनीहरुको पीडा राम्रोसँग सुन्न पाइन्छ । तिजको मौलिक शब्द लेखेका छन् गीतकार शिव हमालले । शिवका शब्दलाई नेत्र भण्डारीले लय दिएका छन् । गोर्खा चौतारी म्यूजिकको प्रस्तुतिमा बजारमा आएको यो तिजको मौलिक गीत यतिखेर चर्चाको शिखरतिर उक्लिरहेको छ । सामाजिक परिवेश र छोरा छोरीप्रतिको बाबुआमाको पीर चिन्ता र आफ्नो विहे नहुँदाको पीडा भने जय शिव शम्भू बोलको गीतमा समेटिएका छन् । प्रत्येक वर्ष तिजमा नयाँ नयाँ गीत लिएर आउने कृष्णा बिसीले यतिखेर भने सबैको मन छुने गीत लिएर आएकी छिन् ।

    krishna 1 krishna

     

    उनका गीत भिडियोमा:


     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु