डा.भोलाको रिजालको शब्द, नरहरीप्रेमीको संगीत र लोक पौडेलको स्वरमा भजन ‘अलमल नगरौं’

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७७, बुधबार

काठमाडौं । बरिष्ठ चिकित्सक एवं गीतकार भोला पौडेलको शब्दमा भजन ‘अलमल नगरौं’ सार्वजनिक भएको छ । भगवान कृष्णको महिमा गाइएको उक्त भजनमा नरहरी प्रेमीले संगीत भरेका छन् । गायक लोक पौडेलको स्वर रहेको उक्त भजनमा समय र उमेर छँदै ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न आग्रह गरिएको छ । कमल सौरागको सङ्गीत संयोजन छ ।

म्यूजिक भिडियोमा जमेकी मोडल अञ्जली अधिकारीसँग राज खड्काको अभिनय देख्न सकिन्छ । राज खड्काले नै निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांंकन तथा विष्णु खड्काको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु