मौलिक पञ्चेबाजा गीत ‘आउन मायालु’

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७६, मंगलवार

काठमाडौं । गायक अमृत रामदामको नयाँ सांगीतीक कोसेली ‘आउन मायालु’ मौलिक पञ्चेबाजा गीत सार्वजनिक भएको छ । यस गीतमा चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुन्दर हमालको संगीत रहेको छ ।


चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा राजेश घिमिरे र पशुपति बस्यालको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मुख्य अभिनयको रुपमा लोमस शर्मा र जुना गुरुङ रहेका छन् भने बेहुला बेहुलीको रुपमा रमेश सुनार र मञ्जु सुनारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु