उत्कृष्ट शब्द, संगीत र स्वरको समायोजन भएको गीत ‘पानको पातमा काट भन्छे दारी’

म्यूजिक खबर
प्रकाशित: ३ कार्तिक २०७६, आईतवार

काठमाडौं । लोक तथा दोहोरी गायिका सुनितामी परियार र गायक पूर्ण परियारको आवाजमा नयाँ गीत ‘पानको पातमा काट भन्छे दारी’ बजारमा आएको छ ।
भिडियोसहित बजारमा आएको उक्त यादव लम्सालको शब्द रहेको छ भने अर्जुन पोखरेलले संगीत भरेको छ । गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका छन् ।

यस गीतमा भने लेखनका अतिरिक्त यादब लम्साल र पुजन घिमिरेको अभिनय रहेको उक्त गीतमा माया गरेका दुईप्रेमिबिचको रमाईलो प्रेमप्रसंगलाई प्रस्तुत गरिएको छ ।
पूर्ण परियार र सुनितामी परियारको स्वर रहेको उक्त गीतमा अहिलेको चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको छ । शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको यो गीतमा अजय रेग्मीको सिनेमेटोग्राफी, पदम सुबेदीको सम्पादन, मिलन बिकको कलर करेक्सन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु