• न्युज अभियानका सम्पादक भण्डारीले पाए न्याय

    म्यूजिक खबर
    प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार

    काठमाडौं । न्युजअभियान डटकमका सम्पादक छायाचन्द्र भण्डारीले विद्युतीय कारोबार सम्बन्धी मुद्दामा न्याय पाएका छन् ।

    जिल्ला अदालतमा साइबर ब्यूरोले दायर गरेको मुद्दामा सम्पादक भण्डारीले न्याय पाएका हुन् ।

    विद्युतीय कारोबार सम्बन्धी दायर गरेको उक्त मुद्दामा काठमाडौं जिल्लाका न्यायाधीश केशवप्रसाद घिमिरेले आज अन्तिम आदेशको फैसला मार्फत बादी तर्फको दाबी नपुग्ने भन्दै भण्डारीको पक्षमा फैसला गर्नुभएको हो ।

    सम्पादक भण्डारीलाई जिल्ला अदालत काठमाडौंमा साईबर क्राइम सम्बन्धमा साईबर ब्युरोले गत २०७९ भाद्रमा मुद्दा दायर गरेको थियो ।

    उक्त मुद्दाको बहस बरिष्ठ वकिल अनन्त राज लुईटेल, वकिल भक्ती घिमिरेले गर्नु भएको थियो ।

    नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला ,प्रेस काउन्सिल नेपाल, नेपाल प्रेस युनियन, एसियन हुमनराइट्स कमिसन, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशिल पत्रकार संघलगायतका संघ संस्थाले भण्डारीलाई विद्युतीय कारोबार मुद्दा लगाइएको सम्बन्धमा आपत्ति प्रकट गरेका थिए ।

    समाचार लेखेकै आधारमा झुठ्ठा मुद्दामा फसाउने योजना सम्मानित अदालतको फैसलाले असफल तुल्याएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु