बानिकाको मनै रुवाउने गीत ‘हाँस्दा त आँशु झर्छ’ सार्वजनिक ( भिडियो )

म्यूजिक खबर
प्रकाशित: ३ भाद्र २०७६, मंगलवार

काठमाडौं । छोटो समयमा नै आफ्ना उत्कृस्ट सृजना मार्फत दर्शक सोर्ता माझ आफुलाई चिनाउन सफल गीतकार प्रलाद शाहले आफुले लेखेको पहिलो गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन । ‘हाँस्दा त आँशु झर्छ’ बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर सुमधुर स्वरकी धनी गायिका बानिको प्रधानको रहेको छ । गीतमा संगीत भर्ने काम लोकप्रिय संगीतकार न्ह्यू बज्राचार्यले गरेका हुन भने गीतका मन छुने शब्द प्रलाद शाहले लेखेका हुन ।

उनले यसअघि मिलियन क्लबमा पुग्न सफल उनले लेखेका कयौ गीत स्रोता दर्शक माझ लोकप्रिय बनिसकेका छन । गीतको संगीत संयोजनको काम गोपाल रसाइलीले गरेका हुन। गीतलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । फराज अर्पणको निर्माणमा लिरिकल भिडियो तयार पारिएको हो । उक्त गीतलाई भाका इन्टरटेनमेन्टको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु