तीजको अवसरमा निलिमा पुनले ल्याईन् सन्देशमुलक गीत (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७६, आईतवार

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा तीज सँग सम्बन्धित गीत र भिडियोहरु डिजिटल बजारमा धमाधम आई रहेका छन् । तर यस्ता अन्य गीतहरु भन्दा बिल्कुलै फरक खालको गीत र भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । गायक जीवन शर्माको आफ्नै युट्युव च्यानल मार्फत परदेशी चेलीको बेदना नामको गीतको भिडियो सार्वजनिक भएको हो ।

गायिका निलिमा पुनकै शब्द र संगीत समेत रहेको उक्त गीतको संगीत संयोजन नारायण दंगालले गरेका छन् । बैदेशिक रोजगारका नाममा बिदेशिन बाध्य भएर नेपाली चेलीहरुले भोग्नु पर्ने यातनाको वास्तविकतालाई गीतको अडियो तथा भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा देश तथा बिदेशका विभिन्न स्थानहरु समेटिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु