• सजिनालाई पैसाको बिटोबाट ‘सर्वोत्कृष्ट मोडलको जुरी अवार्ड’

    म्यूजिक खबर
    प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

    काठमाडौं । राजधानी काठमाडौमा हालै निम अवार्ड २०२२ सम्पन्न भयको छ। नेपाली गीत संगीत बिधामा हरेक बर्ष प्रदान गरिदै आयको निम अवार्ड यस पल्ट पनि धेरै संगीतकर्मीले प्राप्त गरे । गायक गायिका , संगीतकार , गीतकार, निर्देशक, म्युजिक भिडियो अभिनय गर्ने कलाकार लगायतका विविध बिधामा गित संगीतकर्मीको महोत्सवको रुपमा लिने गरियको सो अवार्ड समारोहमा ‘पैसाको बिटो’ म्युजिक भिडियोमा उत्कृष्ट अभिनयमा गरे बापत मोडेल सजिना लामिछानेले सर्बोत्कृस्ट अभिनेत्री अवार्ड जुरी प्राप्त गरेकी छ्न्।
    मोडल सजिना लामिछाने नेपाली म्युजिक भिडियो, टेलिसिरियल, लघु चलचित्रमा अभिनय गर्दै अभिनयमा आफुलाई स्थापित गर्दै गएकी छन्। सजिनाले यसअघि सगरमाथा म्युजिक अवार्ड–२०७६, दोस्रो अन्तर्रास्ट्रिय छायाँछवि अनर अवार्ड २०७६ समेत प्रप्त गरेकी छन्।

    नेपाली गीत संगीत क्षेत्रमा लोक दोहोरी गीत बिधामा उनी सर्बाधिक रुचाइएकी मोडेल हुन् । जुनसुकै विषयलाई अभिनयको माध्यमबाट अभिव्यक्त गर्न सक्ने खुबिले उनलाई स्थापित अभिनेत्री रुपमा परिचित गराएको छ।

    चितवन जिल्लाको कालिका नगरपालिका वडा न– ५ पदमपुर स्थायी घर भै विगत दशवर्षदेखि राजधानीमा सघर्ष गर्दै आजको उचाई छुन सफल सजिना लामिछानेको सरल मिजास, मृदुभाषी र सबै सँग घुलमिल हुन सक्ने खुबी रहेको छ।
    संगीत ब्यबसायी समेत रहेकी सजिना लामिछानेको राजधानी काठमान्डौको अनामनगरमा सुर संगीत डिजिटल रेकर्डिङ स्टुडियो र सम्मान डिजिटल कृयशन म्युजिक कम्पनी समेत संचालनमा रहेको छ । उनले कोभिड–१९ को संकटपूर्ण घडीमा संगीतकमसर््हरुको उचित ब्यबस्थापन एबम राहत बितरणको कार्यमा समेत सक्रिय रहेकी थिइन्।
    समग्रमा सजिना लामिछाने अभिनयका लागि जन्मेकी अभिनेत्री हुन् । उनको आगमनले नेपाली गीत संगीत क्षेत्रले उत्कृष्ट अभिनेत्रीको रुपमा उनलाई पाएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु