• गायक निराजन अधिकारीको लोक दोहोरी गीत ‘लास ’ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १६ पुष २०७५, सोमबार

    काठमाडौँ, पुस १६
    नेपाली लोक दोहोरी गीतको क्षेत्रमा मौलिक लोक दोहोरीमा निकै मार्मिक भाकाहरु बजारमा ल्याउने क्रममा निरञ्जन अधिकारीको मार्मिक भाका ब्लोसम म्युजिक मार्फत बजारमा आएको छ । सार्वजनिक गीतमा गायक निराजन अधिकारी र गायिका सोविता सापकोटाको स्वर रहेको छ ।
    प्राण प्यारी मायालुलाई संसारबाट त्याग्नु पर्दाको अवस्थालाई गीतमा मार्मिक रुपमा समेटिएको छ । निराजन अधिकारीको शब्द तथा लय सिर्जना गीतमा रहको छ । आफनो मायालुलाई पराईले लग्दा मनमा निकै पिडा भएको कुरा गीतमा ब्यक्त गरिएको छ । मुकेश हुमाँगार्इँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘लास ’ गीतको भिडियोमा निराजन अधिकारी र सारिका केसीको अभिनय रहेको छ ।

    ‘लास ’ को हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु