गीतकार अम्बिका गुरुङको ‘सुखमा मात्र होइन’ गीतमा निराजन र सृष्टिको रोमान्स

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०७६, शनिबार
Nirajan Pradhan

काठमाडौं । गीतकार अम्बिका गुरुङको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको रोमान्टिक म्युजिक भिडियो ‘सुखमा मात्र होइन’ मा निराजन प्रधान र सृष्टि खड्काको रोमान्स देख्न सकिन्छ । म्यूजिक भिडियोलाई मुस्ताङमा खिचिएको हो । भिडियोलाई निर्देशक निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् ।

अम्बिका गुरुङको शब्द रहेको यस गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने भने प्रताप दास र शुस्मा बिस्वकर्माले स्वर दिएका छन । गीतमा एरेन्ज भने उदयराज पौडलले सुन्न सकिन्छ । बुद्द थापाको छायाँकनमा तयार भएको भिडीयोमा बिकास दाहालको सम्पादन, सुरेस काफ्लेको ड्रोन, प्रमोद राज भण्डारीको कोरियोग्राफी र मनोज लामाको मेकअप देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु