रविन्द्र लामाको “आस्याङको छोरी” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७६, बिहीबार

काठमाडौं । गायक रविन्द्र लामाको “आस्याङको छोरी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । साही गतिमा गायक लामाको नै शब्द रहेको र उक्त गीतमा मोहन मगरको संगीत रहेको छ भने अमोस तामाङले एरेंज रहेका हुन । उक्त गीतको भिडियोमा भिमफेदि गाइज , निरनजली लामा र अनिता लामाको अभिनय रहेको छ । धेरै भिडियोहरुमा अभिनय गरिसकेका र भिमफेदि गाइजलाई उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ ।

आस्याङको छोरी मनपरेको कुरा गरिएको र मायालुलाई देखे पछि मन हुरुक्कै भएको कुरा गरिएको सोही गीतको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो ज्ञानन्द्र शर्माले छायांकन रहेको छ भने भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् । गीतलाई भिमफेदि गाइजको युटयुबच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु