• निर्मल शर्माको निर्देशनमा “न्याउली चरी” को छायांकन सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: ३ कार्तिक २०७७, सोमबार

    काठमाडौँ – गायक तथा संगीतकार डीबी गुरुङ (धन गुरुङ)को सुमधुर स्वरमा सजिएको नयाँ गित न्याउली चरीको छायांकन सम्पन्न भएको छ। मिन सागर लामाको शब्द रहेको गीतलाई गायक डीबी गुरुङले नै संगीतबद्ध गरेका छन्।

    छायाँकार राजु केसीले छायांकन गरेको भिडियोलाइ कलाकार तथा निर्देशक निर्मल शर्माले निर्देशन गरेका हुन्। भिडियोमा सचिन बोगटी, रजनी केसी र करिश्मा केसी लोप्चनलाइ फिचर्ड गरिएको छ। आकर्षक ढंगले मनोरम दृश्यमा खिचिएको म्युजिक भिडियो चाडै सार्बजनिक गरिने निर्देशक शर्माले बताएका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु