संचारकर्मी निश्चल कल्पनाको “करेन्ट लाग्छ” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७६, आईतवार

बिगत लामो समय देखि संचार माध्यम संग आबद्ध रहेर रेडियो मार्फत आफ्नो वाक क्षमता र कुशल आवाजले श्रोताको मनमा बस्न कुसल संचारकर्मी निश्चल कल्पनाको परिचय संचारकर्मी मात्र हैन उनि कुशल गीतकार पनि हुन् र यिनै कुशल संचारकर्मी तथा गीतकार निश्चल कल्पनाको शब्दमा नयाँ गीत ” करेन्ट लाग्छ ” लाग्छ सार्वजनिक भएको छ। रुपक डोटेल र मनिषा पोखरेलको स्वर रहेको गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका छन ।

गीतकार कल्पनाको यस अघि पनि थुप्रै गीत सार्वजनिक भैसकेको छ जसमध्य गायक मनोज राजको स्वारमा रहेको “प्रिय तिम्रो” बोलको गीत ‘तिम्रो न्यानो अङ्गालोमा…” अन्जु पन्तको र “छुट्यो भेट” नरेन्द्र प्यासीको आवाजमा जस्ता गीतहरु चर्चित छन् र यिनै चर्चित गीत लेख्नु भएको गीतकार तथा संचारकर्मी कलापनाको “करेन्ट लाग्छ ” एक कार्यक्रमका बीच राजधानीमा पत्रकार सम्मलेन गरि सार्वजनिक गरिएको छ।

ओ एस आर युटुब च्यानल मार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमा राम्रो प्रतिक्रिया पाएको छ। गीतको भिडियो लाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन् , प्रसान्त तामाङ्गको कोरियोग्राफी रहेको भिडियोमा राज बस्नेत ,बिनु शाक्य र करण शाह लाई फिचर गरिएको छ । मुकेश हुमागाईले छायांकन गरेको यस भिडियोको सम्पादन भने प्रकास एस के ले गरेका छन्। गीतलाई सोफिया बज्राचार्यले निर्माण गर्नुभएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु