निशाको ‘पाउ हजुरको’ मा राजघरानामा गाइने संगीतको स्वाद

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७७, बिहीबार

काठमाडौं । सुमधुर स्वरकी धनि गायिका निशा देशारको स्वरमा रहेको नयाँ गीत ‘पाउ हजुरको’को भिडियो सार्वजनिक भएको छ । गीतमा लक्षुप्रकाश मल्लको संगीत र एरेन्ज तथा दिलीप कुमार मल्लको शब्द छ ।

भिडियोमा बेनिशा हमाल ठकुरी, दिलीपकुमार मल्ल, सोमराज शाह, विश्वास सिंह ठकुरी, मिसा शाह, रोजा अवाले, निकी बज्राचार्य, सुरबी मगर र रुक्साना महर्जन फिचर्ड छन् ।


शेर शाहीले निर्देशन गरेको भिडियोमा स्वोजन रघुवंशीको कोरियोग्राफी, दिलीपकुमार मल्लको निर्माण, दिपक गिरीको छायांकन, मिलनविक्रम शाहको सम्पादन तथा रंग छ ।

यस गीतमा शास्त्रिय संगीतको स्वाद समेत चाख्न पाइन्छ । साथै ठकुरी जातीको संस्कार,भाषा,संस्कृतिलाई पनि गीतले उजारगर गरेको छ । ऐतिहासिक कालमा राजघरानामा गाइने शास्त्रिय गीतलाई यस म्युजिक भिडियोमार्फत त्यस समयको झझल्को दिन्छ । गरिवक्स्यो, खोपी, पाउ,कष्ट जस्ता सम्मानजनक शब्द प्रयोग हुने शाह,ठकुरी,मल्ल घरानिया वर्गको सांस्कारिक यथार्थलाई यो भिडियोमा देखाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु