• विष्णुको ‘यो कस्तो प्रेम’ मा निशाको स्वर

    म्यूजिक खवर
    प्रकाशित: ८ पुष २०७७, बुधबार

    काठमाडौं । नेपाली चर्चित गायिका निशा देसारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । विशेष गरी गजल गायन मार्फत चर्चामा आएकी निशाले यस पटक ‘यो कस्तो प्रेम’ बोलको गीत बजारमा ल्याएकी छन् ।

    इन्जिनियर विष्णुप्रसाद पाण्डेको शब्द रचना र सुरेश गैरेको सङ्गीत रहेको उक्त गीतमा आफ्नो विश्वासिलो मायामाथि प्रेमीले धोका दिएपछिको अवस्थालाई उजागर गरिएको छ ।
    संगीतकार गैरे सुरेशको संगीत र चर्चित गायीका निशा देशारको स्वरले गीतलाई जीवन्त बनाएको छ । अझ म्युजिक भिडियोको कथाले रौनक थपिदिएको छ ।

    गीतको भिडियोमा महेश वाग्ले, ममता अधिकारी र सोनिया जोशीले अभिनय गरेका छन् भने सुदिप पौडेलद्वारा निर्देशित भिडियोको सम्पादन सुवास अमगाइँले गरेका हुन् । सडक डिभिजन कार्यालय तनहुँमा कार्यरत गीतकार विष्णुप्रसाद पाण्डेको यो पहिलो गीत हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु