निशा र शितलको मौलिक झ्याउरे गीत ‘माया रिमै’

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०७८, बिहीबार

काठमाडौं । गायिका निशा गुरुङ र शितल गुरुङको पछिल्लो नयाँ झ्याउरे भाका ‘माया रिमै’ घटस्थापनाको दिन पारेर सार्वजनिक भएको छ । गायिका निशा गुरुङ र शितल गुरुङको स्वर रहेको यस गीत दीप कोके गुरुङको प्रस्तुतिमा आएको हो । सुमन आलेको शब्द रहेको यस गीतको संगीत दीप गुरुङको रहेको छ ।

‘माया रिमै’ गीतले गाउँमा बसेको रोधी झ–झल्कोलाई मेटाउने प्रयास गरेको संगीतकार तथा प्रस्तुतिकर्ता दीप कोके गुरुङले बताए । गोरखाको माटोमा हुर्किएको मौलिक झ्याउरे भाका हो त्यही वरिपरिको मौलिक भाकालाई मध्यनजर गरेर गीत निर्माण भएको गुरुङले बताए ।

यस गीतमा बबिता गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, आनन्द गुरुङ, आशिष गुरुङ र सन्तोष थापाको अभिनय रहेको छ । ‘माया रिमै’ गीतको भिडियोलाई शम्भू चालिसे र मेगराज मग्रातीले छायाँकन गरेका छन् भने मेकबहादुर थापाले सम्पादन गरेका छन् । पश्चिमाञ्चल सांस्कृतिक केन्द्रद्वारा पोस्ट प्रोडक्सन भएको यस गीतको भिडियोलाई दीप गुरुङले नै निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु