• गायक निशान भट्टराई र श्रीमती ऋचाबीच खटपट, केमा मिलेन कुरा ?

    म्यूजिक खबर
    प्रकाशित: २९ मंसिर २०७९, बिहीबार

    काठमाडौं । दुई वर्ष अघि दाम्पत्य जीवनमा प्रवेश गरेका चर्चित गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच फाटो आएको खबर आइरहेको छ ।
    निशानलाई पत्नी ऋचाले अनफलो गरेकी छिन् भने निशाले पनि ऋचालाई इन्स्टामा अनफलो गरेपछि उनीहरुको दाम्पत्य जीवनमा फाटो आएको खबरलाई बल मिलेको छ । स्रोतका अनुसार निशान र ऋचाबीच फाटो आइसकेको केहि समय भइसकेको छ । उनीहरुले एकअर्कासँगको तस्वीर पनि डिलिट गरेका छन् ।

    ऋचाको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब छन् । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बिहेका तस्वीर हटाएका छन् ।अनफलो र तस्वीर हटाउने कार्यले यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ ।

    दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले दुई वर्षअघि नै कानुनी विवाहमा परिणत गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता निशान चर्चित बने ।

    लगत्तै उनले प्रेमिका ऋचालाई विवाह गरे । नेपाल आइडलबाट चर्चामा आएका निशान पछिल्लो समयका चर्चित गायक हुन् भने ऋचाले चाहिं निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय गरेकी छन् ।

    २०७७ सालमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा निशानले प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका थिए ।

    गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले किन फर्कायो ?

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु