चलचित्र ‘साइनो’लाई ‘पिजी सर्टिफिकेट’

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७६, सोमबार

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साइनो’ सेन्सर पास भएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको ‘साइनो’ लाई चलचित्र सेन्सर बोर्डले हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्ने ‘पिजी सर्टिफिकेट’ दिएको हो । निर्देशक रमेश थापाले साइनो’ मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली चलचित्र भएको बताए र पिजी सर्टिफिकेट पाएपनि चलचित्र सबै उमेरका दर्शकले ढुक्क भएर हेर्न जानकारी दिए । शरण थापा कार्यकारी निर्माता रहेको र रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन रहेको चलचित्र चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु