• नेपाली नायिका र गायिकालाई भारतमा ‘शान्ति दूत अवार्ड’

    म्यूजिक खबर
    प्रकाशित: ८ आश्विन २०७७, बिहीबार

    जयपुर । एक दशकदेखि नेपाली कला क्षेत्रमा सक्रिय रहेकी नेपाली अभिनेत्री तथा मोडल हुन् नीतु कोइराला । ७२ घण्टा, टिचर, यो माया कस्तो मायासहित थुप्रै चलचित्र, भिडियो चलचित्र, टेलिश्रृंखला सिस्नु पानी, अधिकार तथा एक दर्जनभन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् ।
    त्यस्तै सन्जु न्यौपाने पनि नेपाली गायन बृत्तमा स्थापित नाम हो । लाहुर, चाँदी कहाँ होला लगायतका चर्चित गीतहरु गाइसकेकी सन्जु पछिल्लो समय लोकदोहोरीमा गायनका साथमा अभिनयसमेत गर्दै आएकी छन् ।

    यतिबेला यी दुई नायिका र गायिकाले ठुलो उपलब्धी ग्रहण गरेका छन्, त्यो पनि अन्तराष्ट्रिय स्तरमा । विश्व शान्ति दिवसको अवसरमा पीस अफ इन्डियाले जयपुरको दिल्ली रोडस्थित आयोजना भएको एक समारोहमा उनीहरुई ‘शान्तिदूत अवार्ड’ बाट सम्मानित गरिएको छ ।
    समारोहमा नीतु कोइराललाई नेपाली अभिनेत्रीको रुपमा शान्ति दूत अवार्ड प्रदान गरिएको हो भने समारोहमा नेपाली गायिका सञ्जु न्यौपाने पनि शान्तिदूत अवार्डबाट सम्मानित भएकी छिन् ।

    नीतु र सञ्जु उक्त कार्यक्रममा सहभागिता जनाउन काठमाडौंबाट जयपुर पुगेका हुन् । समारोहमा मुख्य अतिथि भारतका शहीद ए आजम सुखदेव थापरका भतिजा अशोक थापर तथा सन्दीप थापर, पीस अफ इन्डियाका राष्ट्रिय अध्यक्ष विशाल भारद्वाजले नेपाली कलाकार नीतू कोइराला तथा गायिका सञ्जुलाई शान्ति दूत अवार्डद्वारा सम्मान गरेका हुन् ।

    उक्त समारोहमा कारगिल मन्त्री सैयद अब्बास रिजवी, हीरा ताई पंवार, टेलिभिजन कलाकार शौर्य सक्सेना, प्रतिष्ठा ठाकुर आदि पनि सम्मानित भएको नेपाली कलाकार नीतू कोइरालाले जानकारी गराएकी छिन् ।

    यसैबीच अभिनेत्री कोइराला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसर पारेर आयोजित एउटा सांस्कृतिक कार्यक्रममा निर्णायकको रुपमा समेत सहभागि भएकी थिइन् ।

    अभिनेत्री कोइराला यसअघि पनि भारतका विभिन्न अवार्डद्वारा सम्मानित भैसकेकी छिन् ।
    उक्त कार्यक्रममा विभिन्न देशमा बसेर कला,साहित्य र समाजमा योगदान पू¥याउने समाजका विशिष्ट ब्याक्तित्वहरुलाइ सम्मान गरिएको थियो । नीतु र सन्जुलाई पनि कलाक्षेत्रमा योगदान पू¥याए बापत उक्त सम्मान प्रदन गरिएको थियो । खुशी साट्दै नीतु र सन्जुले हामीसँगको कुराकानीमा एकसाथ भने –‘यो सम्मानले आफूलाई थप उर्जा प्रदान गरेको छ । नेपाली कलाकार भएर पनि भारतमा यति ठुलो सम्मान पाउँदा निकै खुशी छौं आफ्नो देश र समाजका लागि अझै केहि गर्नु पर्छ भन्ने महशुष भईरहेको छ ।’ म्यूजिक खबर परिवारको तर्फबाट पनि नितु र सन्जुलाई हार्दिक बधाई एवं शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु