• गायिका नित्याशिवाको आवाजमा “डमरु बजाए भोलेनाथ” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ३२ श्रावण २०७७, आईतवार

    काठमान्डाँै ।

    गायिका नित्याशिवाको आवाजमा रहेको डमरु बजाए भोलेनाथ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । भगवान शिवको महान महिमालाई गीतमा समावेश गरिएको छ ।

    शंकर अधिकारी घायल को शब्द तथा पुरुषोत्तम न्यौपाने को संगीत रहे यसरी डमरु बजाए भोलेनाथले गीतमा रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
    कृष्ण पाण्डे को छायांकन र सम्पादन सानू हबिक को ड्रोन रहेको भिडियो हाइलाइट नेपाल सार्वजनिक गरिएको छ । श्रावणको महिनामा भगवान शिवको महिमा बारेमा प्रकाश पार्दै गीतलाई बजारमा ल्याएको र आम हिन्दु शिब भक्तहरुले भजनलाई मन पराउनेमा आफु आशावादी रहेको गायिका नित्याशिवाले बताइन । फरक ढंगले छायांकन गरिएको यो भिडियो मा सागर गुरु चौलागाईं , रबि खड्का , सन्तोष जिबि, चेतन घिमिरे ,आरोही राणा र श्रेया दुलाल को अभिनय छ ।

    गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु