नित्या शिवाको आवाजमा ‘सयौ डाँडा काटेरे’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७६, मंगलवार

नेपाली गायन क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवा को आवाजमा ‘सयौ डाडा काटेर चोखो माया गाँस्न मन लाग्यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
संगीता मल्ल ठकुरीको शब्द तथा देवेन्द्र नेवा को संगीत गीतमा रहेको छ । गीतमा मायालु जोडीहरुको मन भित्रका भित्री भावनाहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
मुकेश हुमागाइ को छायांकन, नविन निरौलाको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । ‘सयौ डाडा काटेर चोखो माया गाँस्न मन लाग्यो’ गीतको भिडियोमा विकाश लामिछाने र सन्जुको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु