एनआरएनए डेनमार्कमा गायक तामाङको महासचिवमा उम्मेदवारी

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७६, बुधबार

डेनमार्क । गैर आवासीय नेपाली सङ्घ डेनमार्कको निर्वाचनको दिन नजिकिदै जाँदा उम्मेदवारहरुले प्रचार प्रसारलाई तिव्र रुपमा अघि बढाएका छन् । जसका लागि गायक राजमान तामाङले महासचिव जस्तो गरिमामय पदमा उम्मेदवारी दिएका छन् । २०१९–२०२१ कार्यकालको लागि ३१ अगष्टका दिन कोपनहेगनमा निर्वाचन हुनेछ । चुनाबी चर्चा चुलिदै जादा उम्मेदवारहरुले मतदातालाई भेट्ने, कुरा गर्ने तथा भोट माग्ने क्रम बढ्दै गएको छ। उम्मेदवारहरुले निर्वाचित भएपछी गर्ने कामको फेहरिस्ति मतदाता समक्ष पुर्याउदै भोट आफ्नो पक्षमा पार्न लागि परेका छन ।

सङ्घको कार्यसमितिमा बरियतामा तेश्रो स्थानमा भएपनि कार्यकारी हिसाबले अध्यक्ष पछीको शक्तिशाली भुमिकामा हुने महासचिब पदका उम्मेदवारले प्रतिबद्धता सार्वजनिक गरेका छन् । महासचिबका प्रत्यासी राजमान तामाङ एनआरएनए डेनमार्कका वर्तमान सचिब हुन भने २०१३–२०१५ कार्यकालमा पनि सदस्य थिए । चुनाबि प्रतिबद्धतापत्रमा राजमान तामाङ महासचिबमा बिजयी भएमा गर्ने कामहरुको सुची तयार पारेका छन् । हेर्नुहोस‘

महासचिव पदका प्रत्यासी तामाङको प्रतिबद्धतापत्र यसप्रकार छः

आदरणीय डेनमार्कबासी दाजुभाइ तथा दिदीबहिनीहरु हार्दिक नमस्कार !

एनआरएनए डेनमार्कको नया कार्यसमिति २०१९–२०२१ को लागि ३१ अगष्टमा निर्वाचन हुदैछ । बिगतमा २ कार्यकाल एनआरएनए डेनमार्कमा रहेर काम गर्ने अवसर यहाहरुको सहयोगले प्राप्त गरेको हो । त्यो समयमा प्राप्त अनुभवका आधारमा यसपालि सस्थाको महसचिब पदको लागि उम्मेदवारी दिएको छु । पूर्ण रुपले आशा र विश्वासका साथ मेरो उम्मेदवारी प्रस्तुत गरेको छु। मैले लिएका अनुभब र केही थप योजना साथ आएको छु, हजुरहरु सबैले आफ्नो अमुल्य मत प्रदान गरेर मलाइ बिजयी गराउनु भएको खण्डमा मेरा निम्न प्रतिबद्दताहरुलाई कार्यन्वयन गर्ने छु।
१. हालसम्म विभिन्न संघ संस्थाहरु बाट लिएको कार्यानुभवको आधारशिला एवम् सामाजिक सेवा भाव सहित आफ्नो उर्जा र लगनशिलतालाई निश्वार्थ, निष्पक्ष र विधान सम्मत तवरले एनआरएनए डेनमार्कको गरिमा बढाउन मेरो महत्वपूर्ण भूमिका हुनेछ।
२. नियमित प्रशासनिक र व्यवस्थापकीय कार्यलाई अझ प्रभावकारी बनाई एनआरएनएको मुलभूत उद्देश्यलाई केन्द्र विन्दुमा राखेर भूमिका खेल्नु पर्ने हालको आवश्यकतालाई मूर्त रूप दिनु मेरो उद्देश्य हो।
३. अग्रज देखि युवा पुस्तालाई साथ लिएर संस्थालाई महत्वपूर्ण योगदान दिन सक्ने बौद्धिक व्यक्तित्वहरूसँग सहकार्य गरेर अगाडी बढ्ने र जवाफदेहिता को संस्कार बसाल्न र संस्था भित्रको आन्तरिक प्रजातन्त्र तथा सामाजिक एकता कायम गर्न यथोचित भूमिका निर्वाह गर्ने।साथै नेपालबाट डेनमार्कमा नयॉं आउने बिधार्थी तथा अन्य देशबाट आउने नव आगन्तुक नेपालीहरुका लागी प्रत्येक आवस्यकता अनुसार कानुनी सल्लाहको ब्यवस्था मिलाउन पहल गर्नेछु।
४. संघले निर्धारण गरेका कार्यक्रमहरूलाई छिटो छरितो र व्यवस्थित रुपमा कार्यान्वयन गर्न भूमिका निर्वाह गर्ने साथै सबै संघ संस्थाहरू संग समन्वय र सहकार्यको वातावरण सृजना गर्ने।
५ डेनमार्कमा अबस्थित वैज्ञानिक प्यानल तथा नेपाली राजदुताबास संगको सहकार्यमा विज्ञहरुको सम्मेलन गर्न पहल गर्दै डेनमार्कमा आर्जीत ज्ञान, शिप, प्रविधी र पुजीं हस्तान्तरणमा वातावरण सृजना गर्न पहल गर्ने छु।
६. निबर्तमान कार्यकालको एउटा महत्वपुर्ण हिस्सा हुँदै गर्दा, समाजबाट आयेका स्यावासी र आलोचनालाई आत्मसात गरि राम्रो कामलाई निरन्तरता दिने छु।
७. डेनमार्क रही रजिस्टर भएका नेपाली फुटबल, भलिबल, क्रिकेट लगायतका क्लबहरुसंग समन्वय गर्ने र यहाँ रहेका प्रतिभाशाली नेपाली खेलाडीहरुलाई नेपालको राष्ट्रिय खेलकुदमा सहभागिताको लागि आइसिसि खेलकुद विभाग मार्फत पहल गर्ने छु।
राजमान तामाङ
महासचिव पदको उम्मेदवार
एनआरएनए एनसीसी डेनमार्क २०१९ – २०२१

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु