• कलाकारको कुम्भमेलामा पत्रकार किरणलाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २८ आश्विन २०७५, आईतवार

    नुवाकोट । सधैको वर्षा झैँ नुवाकोट जिल्ला तारकेश्वर गाउपालिका ४ बुधसिंग बिभिध सास्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान अनि पत्रकारिता मार्फत कलाकारितामा कलम चलाइरहेका संचारकर्मीलाई सम्मान गरिने भएको छ ।

    श्री चण्डी मनकामना युवा क्लबको आयोजनामा हुने उक्त कार्यक्रम बिजय दशमीको आठौ दिन महाअस्तामीको दिन हुने भएको छ। कार्यक्रममा देशको चर्चित कलाकारले आफ्नो प्रस्तुति दिने भएका छन् । गायिका टिका प्रसाई, गायक प्रकाश तिमल्सिना, ताराबिर पाण्डे, आर जे श्रद्दा गौतम, डान्सर रन्जिता पाण्डे, कमेडियन बिनोद परियार, मोडल निकोलस अर्याल, गायिका पवित्रा गुरुङ, गायक योगेस काजि र गायक हिमाल सागर धमाका मच्चाउने आयोजकले जनाएको छ । सोहि कार्यक्रममा मोफसल्देखी रास्ट्रीय स्तरसम्म कलाकारितामा कलम चलेको भन्दै सुन्दरादेबी संदेश साप्ताहिकको प्रकासक किरण अधिकारीलाई पत्रकारिता सम्मान मार्फत सम्मान गर्नी आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु