काठमाडौं । मोडल ओबी रायमाझीले नयाँ गीत ‘क्या छ खबर’ सार्वजनिक गरेका छन् । गीतको भिडियोमा भिडियोमा मोडल ओबि रायमाझीसँगै ट्वीनी गर्लको रुपमा चिनिएका मोडलद्वय प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ ।
डान्सिङ विटको गीतलाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोमा नृत्य निर्देशन राजिब समरले गरेका हुन् ।
गीत यतिबेला युट्युबको संगीत तर्फको ट्रेण्डिङको २७ नम्बर सूचिमा पर्न सफल भएको छ । कमेन्टमा पनि गीतको अडियो भिडियो सम्पूर्ण पाटोको प्रंशसा गरिएको छ ।
गीतमा सुप्रसिद्ध गायक प्रमोद खरेल र पछिल्लो पुस्ताकी लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वर रहेको छ ।
गीतमा दिपक शर्माको शब्द तथा संगीत छ, भने श्यामस्वेत रसाइलीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
गीतको कोरस भोकलमा सुष्मा श्रेष्ठ, आकृती विश्वकर्मा, गोबिन्द बिक र कमल थापाको स्वर सुन्न सकिन्छ ।
भिडियोलाई मोडल ओबि रायमाझीको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।