वान वल्र्ड टुगेदर एट होमः भर्चुअल कन्सर्टमा सयौँ कलाकार

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७७, शुक्रबार
one world at home

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार एवं रोकथाममा विश्वभर खटिएका स्वास्थ्यकर्मीको सम्मानमा विश्व चर्चित कलाकारले अनलाइन कन्सर्ट गरेका छन् ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार शनिबार चर्चित हलिउड पप स्टार लेडी गागाको पहलमा ग्लोबल सिटिजन्स र विश्व स्वास्थ्य संगठनको आयोजनामा ‘वान वल्र्ड टुगेदर एट होम’ नाममा भर्चुअल कन्सर्ट गरिएको छ । ८ घण्टासम्म चलेको कन्सर्टमा सय बढी कलाकारले अनलाइनमार्फत प्रस्तुति दिएका थिए ।

अमेजन प्राइम भिडियो, फेसबुक, ट्विटर, इन्स्टाग्राम, ट्यूनइन, युट्युब, एपल म्युजिक र एपल टिभीमा घण्टौँसम्म कलाकारहरुको आवाज गुञ्जिएको थियो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने समेत कार्यक्रमको उद्देश्य रहेको लेडी गागाले बताएकी छन् । फ्रन्टलाइनमा रहेको स्वास्थ्यकर्मीको सम्मानस्वरूप उक्त कार्यक्रम गरिएको उनले बताइन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्व ने आक्रान्त बनेको अवस्थामा यो नै सेलिब्रेटीहरुले गरेको पहिलो विश्वव्यापी अभियान हो । उक्त अनलाइन सांगीतिक अभियानले संक्रमितहरुप्रति स्वास्थ्य लाभको समेत कामना गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु