मौलिक पञ्चेबाजा गीत ‘मल्लाज दरबार’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७९, बिहीबार

काठमाडौं । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै नयाँ पञ्चेबाजा गीत सार्वजनिक भएको छ ।

गायक तथा सर्जक सुजन बराईलीको मौलिक पञ्चेबाजा ‘मल्लाज दरबार’ सार्वजनिक भएको हो । यस गीतमा सुजन बराईली र देबी घर्तीको स्वर रहेको छ भने चर्चित गीतकार प्रल्हाद सुबेदीको शब्द रहेको छ । गीतमा गायक सुजन बराईली कै संगीत रहेको छ । यस गीतको भिडियोलाई सुजन बराईलीको जन्मभुमी मल्लाज, पर्वतका रमणिय स्थलहरुमा छायांकन गरिएको हो ।

भिडियोलाई चर्चित निर्देशक कुमार कुसीले निर्देशन गरेका हुन् । महेश महराले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा शिशिर पौडेल र नारायणी खत्रीले अभिनय गरेका छन् ।

यस गीतलाई सुजन बराईली कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु