पदम र मेलिनाको शखर चिनी (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७७, आईतवार
Padam Rai_Melina Rai

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका गायक पदम राई । बिगतमा राम्रा, राम्रा गीत, संगीत पस्कदै आईरहेको भएपनि केही समय पहिले सार्वजनिक भएको ‘पछि पछि लागेर…’ बोलको गीतको भिडियोले युट्युवमा करोड बढी भ्यूज पाएर चर्चामा रहेका पदम राईले ‘के गुलियो छ र शखर चिनी…’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको ‘के गुलियो छ र शखर चिनि..’ गायक पदम राईलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् । यसमा डिपि खनालको शब्द, संगीत शंकर थापा ‘स्मल’, कोरियोग्राफर सुवल थापा, निर्देशन गम्भिर बिष्टको रहेको छ । भिडियोमा सरोज अधिकारी, आष्मा बिश्वकर्माका साथमा काटून क्रुजका कलाकारको अभिनय रहेको छ । मेरो बिगतका सांगीतिक कोसेलीलाई झै यसलाई पनि मन पराईदिनु हुने कुरामा बिश्वस्त गायक राईले दर्शक, श्रोताको रुचिअनुसारको गीत, संगीत पस्कदै सांगीतिक क्षेत्रमा निरन्तर लागि रहने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु