चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को शुभमुहूर्त

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७६, बुधबार

मंगलबार गोखराको मनकामना मन्दिरमा पूजाआजा गरि चलचित्र ‘म यस्तो गीत गाउँछु २’को शुभमुहूर्त गरिएको छ । चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहनेछ । भने चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्ने छन् । मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेता पल र अभिनेत्री पूजा सहभागी थिए । यही भदौंबाट छायाँकनमा जाने भनिएको चलचित्रलाई आउँदो फागुन १३ गतेबाट प्रदर्शनमा आउने जनाईएको छ । चलचित्रमा पल र पूजाबाहेक अन्य कलाकारहरु भने फाइनल हुन बाँकी रहेको निर्देशक थापाले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु