काली काली भन्दै गायिकाको रुपमा आईन चम्सुरी

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७७, आईतवार
Palpasha Dangol

काठमाडौं । मेरी बास्सै टेली चलचित्रकी चम्सुरी अर्थात पल्पसा डँगोल गायिकाको रुपमा आएकी छिन् । हास्य अभिनेत्रीको रुपमा परिचित उनले आफुलाई गायनमा पनि अघि बढाउँदै छिन् ।
पल्पसाले आफ्नो स्वरमा नयाँ गीत काली काली दिलवाली…. बजारमा ल्याएकी छिन् । नयाँ वर्ष २०२१ को अबसर पारेर यसलाई रिलिज गरिएको हो ।
दुबईको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभिनय गरेकी छिन् । उनले यो गीतमा आफुले यात्रा गर्दाको दृष्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन् ।
यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन् । जसमा रबिन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ । भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । भिडियोलाई पवन डँगोलले खिचेका हुन् ।
यो लगीतमा अशोक राईको सँगीत रहेको छ । गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ । उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैंले सँयुक्त रुपमा लेखेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु