• लिक्इड लाउन्च बारमा भेटिए पूर्व युवराज पारस

    म्यूजिक खवर
    प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार

    काठमाडौं । बदलिँदो समाज, बदलिँदो परिवेशसँगै परिवर्तन भएको युवापुस्ताको आकर्षणको केन्द्र बनेको छ रात्रीकालिन व्यवसाय । जब साँझ पर्छ अनि दिनभरिका थकान मेटाउने उद्देश्यले डान्स बार, दोहोरी, क्लबहरुमा युवापुस्ताको जमातदेखि उच्च ओहोदाका व्यक्तिदेखि कलाकारहरु भेटिन्छन् ।

    काठमान्डाँैको दवारमार्गस्थित उडल्याण्ड कम्पेलेक्सको पहिलो तल्लामा रहेको लिक्इड लाउन्च बारमा देशका ख्याति प्राप्त कलाकार एवम उच्च ओहदाका व्यक्तिहरुको साँझसँगै चहलपहल हुने गर्छ । जति रात छिप्पिदै जान्छ, म्युजिक र मदिराको कक्टेलले रोमान्टिक वातावरण बढ्दै जान्छ । मनोरञ्जनसँगै फराकिलो सोच र स्वतन्त्र विचारका युवापुस्ता विन्दास हुन्छन । दिनभरीको थकान मेटानको लागी साथीभाईहरुमा जमघटको मनोरञ्जनका लागी पछिल्लो समय लिक्इड लाउन्च बारमा नपुग्ने सायदै कमै होलान काठमान्डौँमा ।


    हरेक साँझ लाउन्ज र रकबारमा मस्त देखिन्छन् पछिल्लो पुस्ताका युवा एवम युवतीहरु । पारिबारिक बातावरण र सस्तोमा उच्च स्तरको सेवाको लागी आम मानिसको रोजाइ बन्न पुगेको छ । शान्त वातावरणमा चुस्स मदिराको स्वादमा रमिरहन्छन् उनीहरु । त्यसमा पनि चिसोको मौसमका साथै हरेक मौसममा आम स्वादका पारखीको लागी उत्कृष्ट गन्तव्य हो भन्दा फरक नपर्ला ।

    लिक्इड लाउन्चमा हरेक स्वादका पारखीलाई आनन्दित बनाएको छ । लिक्इड लाउन्च बारमा पुर्व युवराजधिराज पारस शाह पुग्दा एका एक विहिबार साँझ त्यहाँको माहोल परिवर्तन भयो । त्यहाँ उपस्थित कलाकार मात्र हैन विदेशी पर्यटकसमेतको मुहारमा हाँसो थियो । भव्य चहलपहलमा रम्न÷रमाउन चाहने युवराज पारसलाई बोलाएकी थिइन अहिलेकी बहु चर्चित मोडल एवम युटुवर सोनिका रोकायाले ।

    रात्रिकालीन मनोरञ्जनमा रमाउन चाहनेका लागि भनेर केही समय अगाडी देखि दरवार मार्गमा आएको लिक्इड लाउन्च बारले गरेको निमन्त्रणलाई स्वीकार गदैँ आएका पारसले त्यहाँ उपस्थित सम्पुर्णसँग आपसी रुपमा मनोरञ्जनका साथमा आत्मियता पुयाउने गीत साथै नृत्य समेत देखाएका थिए । ।

    Paras Shah

    लिक्इड लाउन्चले रात्रिकालिन मनोरञ्जन खोजीमा हिंडेकाहरुलाई राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती एवम आधुनिक सभ्यतामा रहने युवालाई आनन्दित तुल्याउने गरेको छ । दरवार मार्गको लिक्इड एण्ड लाउन्च बारमा खानासँगै लाइभ म्युजिक हुन्छ । सोही ठाउँमा संगीत र डान्सको कक्कटेल मिसाउन सकिन्छ । यहाँ डिजेइङसँगै लाइभ म्युजिकसमेत जमेको हुन्छ । हल्का मदिराको मातमा पार्टनरसँग लपक्क टाँसिएर कम्मर मर्काउन चाहनेका लागि लिक्इड लाउन्च बार राम्रो छनोट हुने गरेको छ । रात्रिकालीन समयमा म्युजिकल इभेन्टका लागी लिक्इड लाउन्च बार मा युवाहरुको आकर्षण बढी देखिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु