“लेहेङ्गा चोली” पार्वती राईको (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७६, बुधबार

काठमाडौं । सुनिल नागर्जी र पूर्णिमा न्यौपानेको “लेहेङ्गा र चोली” बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा पर्मेश्वर कार्कीको शब्द रहेको र सोही गीतमा प्रेम भण्डारीको संगीत रहेको छ । सबैको नजर मायालुमै भएको कुरा गरिएको उक्त गीतमा यसपालिको तीजमा लेहेङ्गा र चोली लगाएर नाँच्ने कुरा गरिएको छ । उक्त गीत कालु तामाङको निर्देशनमा तयार भएको गीतको भिडियोमा पार्वती राई र बिक्रम बिशाल भण्डारीको अभिनय रहेको छ ।

एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको उक्त गीतको भिडियामा पार्वतीको निकै राम्रो नृत्य रहेको छ । उक्त गीतको भिडियो करण चैसिरले छायाँकन गरेका हुन् भने भिडियालाई अमर शाक्यले संपादन गरेका हुन् । सोहीगीतको भिडियोलाई मेशना डिजिटलको यूट्युबच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु