डांडा गाउँ कि सोल्टिनी कान्छीलाई सार्बजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७५, बुधबार

काठमाडौँ । झट्ट हेर्दा मोडल जस्तै देखिने पार्वती भण्डारी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाकी स्थानिय हुन् । उनि अहिले एक गीतको म्युजिक भिडियोमा देखा परेकी छिन् । काठमाण्डौले मुख मिठ्याएको पानी मेलम्ची खोलाको किनारकी उनी यहि खोलो वारपार गर्ने निर्माणाधिन झोलुङ्गे पुल निर्माणका लागि काठमाण्डौको जागिर र पढाई छोडेर गाउँ पुगेर पुल निर्माण गरिसकेकी छिन् ।

पार्वतीले अहिले भर्खरै “डांडा गाउँ कि सोल्टिनी कान्छीलाई” बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । आफ्नो पहलमा झोलुङ्गे पुल निर्माण गरेकी उनि अहिले पुलावालिको नामबाट पनि परिचित छिन् । अभिनय तर्फ पनि रुची भएता पनि पार्वती एक कुसल समाजसेबीको रुपमा स्थापित हुन चाहन्छिन् । यसै आफ्नो रुचिलाई ध्यानमा राखेर गत दुई महिना अगाडी नै उनले मेलम्ची खोलाको किनारमा झोलुङ्गे पुल निर्माण गरिसकेकी छिन् ।

पार्वती भण्डारी द्वारा अभिनित “डांडा गाउँ कि सोल्टिनी कान्छीलाई” बोलको गीतमा स्वर शब्द र संगीत आँशु लामाको रहेको छ प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन गोपाल थापाले गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।समाजसेबी तथा मोडल पार्वती संगै अर्जुन खड्काको पनि यस गीतको म्युजिक भिडियोमा अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु