सराेजको ‘परदेशी’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७६, बिहीबार

काठमाडौं । सरोज सुनारको पहिलो गीत ‘परदेशी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। उक्त गीतमा सरोजको शब्द तथा लय रहेको उक्त गीतमा भने टेक विसीले स्वर रहेको छ । परदेशी’ बोलको गीतको भिडियोलाई देवेन्द्र कुँवरले निर्देशन गरेका छन् भने सोही गीतको भिडियोमा गीतकार स्वयंम सरोज सुनार र चर्चित मोडल अनु शाहको अभिनय रहेको छ ।

उक्त गीतमा नेपालीहरू रोजगारीको शिलशिलामा आफ्नो मायालुलाई छाडेर परदेश जानुपरेको पिडाको भावसहित मार्मिक ढङ्गले समेटिएको छ । ‘परदेशी’ बोलकोे गीतको भिडियो भने बासु बरालले खिचेका हुन भने सोही गीतको भिडियोलाई स्वयंम सरोजले सम्पादन गरेका हुन् । ‘परदेशी’ बोलको मयूजिक भिडियोलाई ओएसआर डिजिटलको युट्बच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु