चेलीबेटी रुवाउँदै पशुपति, विमा, शर्मिला र देवी भए एकै ठाउँमा

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७६, बिहीबार

काठमाडौं । गायक पशुपति शर्मा भन्ने वित्तिकै तिजमा छुट्टै रौनक मिल्ने गर्छ । गायक शर्माको नयाँ गीत आएपछि कम्मर भाँच्नेहरुका लागि नयाँ खुराँक मिल्ने गर्छ । पशुपतिले धेरै स्टेज तताउने गीत निर्माण गर्छन् । गायकलाई ताली मिल्ने गीत भएपछि नै स्टेजपाउने हो त्यसलाई मध्यनजर गरेर गायक पशुपति शर्माले धेरै गीत निर्माण गरेका छन् । तर केही गीत उनको जीवनकै उत्कृष्ट बन्दै गाएका र धेरैको मन जितेको पनि छ । हुन त स्रोताहरु आ–आफ्नै खालका हुन्छन्, उनीहरुको स्वाद फरक फरक हुन्छ । तै पनि उनका उत्कृष्ट गीतमध्ये यतिखेर सार्वजनिक भएको छ ‘हाम्रो कथा’ ।

बिशेष महिलाहरुको महान चार्डको रुपमा लिइने यो पर्वमा पराई घर गएकी चेली माइतीमा आउनी र बाबा आमासँग दुःखसुख साटासाट गर्नी अनि मिठो मिठो परिकारहरु खाने प्रचलन रहेको छ । तर पशुपति शर्माले माइतीघरमा एक्लो भएका बाबा र भाइका बीचमा तीन दिदीबहिनीको कथालाई जोडेका छन् । तीन दिदीबहिनीको आ–आफ्नै कथा बोकेको कथाले सबैको मन जितेको छ । वरिष्ठ गायिका बीमा कुमारी दूरालाई यो गीतबाट अझै नयाँपनमा चर्चा दिलाएको छ । गायिका शर्मिला गुरुङ र देवी घर्तीसँग विमा कुमारी दूरालाई देख्दा धैरैको मन लोभ्याएको छ ।

गायक शर्माको लय र शब्दमा नयाँ तिज गीत “हाम्रो कथा” डिजिटल बजारमा आउने वित्तिकै सकारात्मक टिप्पणी पाउन थालेको हो । बिमा कुमारि दुरा, शर्मिला गुरुङ, देबी घर्ती र पशुपति शर्माले आवाज दिएका छन् । सामान्य एउटा घरको कथालाई पिँढीमा बसेर दुःखसुखका कुरा गरेको म्युजिक भिडियोले पनि एउटा गाउँको कथालाई छर्लङ्ग पारेको छ । दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको म्यू्रजिक भिडियोमा गायिकात्रय विमा कुमारी दूरा, शर्मिला गुरुङ, देवी घर्ती र पशुपति शर्माको अभिनय रहेको छ भने पद्म प्रसाद पौडेलले बुबाको भूमिका निर्वाह गरेका छन् । भिडियोलाई नबिन घर्तीले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई पशुपति शर्माको आफ्नै यूटुबबाट सार्वजनिक गरिएको छ । यस गीतको प्रस्तुतकर्ता भने रेखा शर्मा हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु