पशुपतिको गीत ‘लुट्न सके लुट कान्छा’ लाई पुरस्कृत गर्न बाबुरामको माग

म्यूजिक खबर
प्रकाशित: ५ फाल्गुन २०७५, आईतवार

काठमाडौँ । सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीतलाई पशुपतिले युट्युवबाट हटाएका छन् । उनको आधिकारीक युट्युव च्यानलबाट हटाएता पनि गीत भाइरल भइसकेको छ, भइरहेको छ । केहि व्यक्ति र समुहको तिब्र आक्रोश र दबाबपछि गीतलाई हटाइएको बुझिको छ ।

युट्युवबाट गीत हटाइएता पनि पशुपतिले चर्चित नेता र आम जनताको तर्फबाट स्याबासी पाइरहेका छन् । यसै क्रममा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले पशुपति शर्माको उक्त गीत ‘लुट्न सके लुट कान्छा’लाई पुरस्कृत गर्न माग गरेका छन् ।

आइतबार उक्त गीतसहितको एउटा ट्वीटमा प्रतिक्रिया जनाउँदै डा। भट्टराईले पशुपति शर्माको सो गीतलाई धम्क्याएर अघोषित प्रतिबन्ध लगाइएको हो भने त्यो अत्यन्त गम्भीर विषय भएको उनले प्रष्ट पारेका छन् । उनले लेखेका छन्, ‘पाँचथरबाट बाग्लुङसम्म आइपुग्दा जनतामात्र हैन, सत्ताधारी दलका कार्यकर्तासम्मले यस्तै भ्रष्टाचारविरोधी गीत गाइरहेको पाइयो ।’उनले उक्त गीतलाई ‘दण्डित होइन, पुरस्कृत गरियोस्’ भनेका छन् । सरकारलाई ‘सुतुरमुर्गे’ हरकत नगरोस् भन्दै उनले चेतावनीसमेत दिएका छन् ।

किन हटाइयो त यूट्यूबबाट पशुपतिको ‘लुट्नसके लुट कान्छा’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु