पशुपति र सरस्वतीको ‘मुन्छे झिल्के झिल्के’ मा महेन्द्र र सम्झनाको ठुम्का

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७७, शुक्रबार

काठमाडौं । पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा तीज गीत सार्वजनिक गर्ने क्रम बढ्दै गएको छ । यहि क्रममा ‘मुन्छे झिल्के झिल्के’ बोलको तीज गीत पनि सार्वजनिक भएको छ । चर्चित लोकगायक पशुपति शर्मा तथा सरस्वती लामीछानेको स्वर रहेको उक्त गीतमा शर्माकै शब्द तथा संगीत रहेको छ ।

गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । भिडियोमा सम्झना बुढाथोकी र महेन्द्र गौतमको अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलको निर्देशन रहेको भिडियो नविन घर्ती मगरले सम्पादन गरेका हुन् । गीतलाई गायक शर्माको अफिसिय युट्युव च्यानल पशुपती शर्माबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु