पशुपति, सीता र ज्योतिको ‘दुईटा हात्ती’

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७६, आईतवार

काठमाडौं। लोकप्रिय गायक पशुपति शर्माको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गायक शर्मा, सीता केसी र ज्योति लोहनीको सुमधुर स्वरमा ‘दुईटा हात्ती’ बोलको लोकदोहोरी गीत शुक्रबार सार्वजनिक भएको हो । यस गीतमा गायक शर्माकै शब्द तथा संगीत रहेको छ ।

कमेडी शैलीमा तयार गरिएको गीतको भिडियोमा पशुपति, सीता र ज्योतिको नै अभिनय हेर्न सकिन्छ। गीतको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका छन् भने निर्देशन पनि पौडेलकै रहेको छ । त्यस्तै भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु