गम्भीरको निर्देशनमा राधा-कृष्ण बने पल र रेश्मा

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७७, सोमबार

काठमाडौं । अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्युजिक भिडियो ‘क्या मज्जा आको’ रिलिज भएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो गीतको भिडियो एजिएलकै अफिसियल यूट्युब च्यानलमार्फत रिलिज भएको हो। राजनराज सिवाकोटीको संगीत रहेको यस गीतमा राजन राज र मेलिना राईको स्वर छ।

रमाइलो शैलीको यो गीतमा पल शाह कृष्णको भूमिकामा छन् भने रेश्मा सीता र राधाको भूमिकामा छन् ।

भिडियोमा अभिनेता निर्मल शर्माले पनि अभिनय गरेका छन् । भिडियोमा एक नाटकमा रहने कलाकारहरुको रिहर्सलको समयको कथा देखाइएको छ। भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु