पल शाह प्रकरण : नाबालिकाले बयान फेरिन् , बयान फेरेमा ६ बर्ष कैद हुने कानुनी ब्यवस्था

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०७९, आईतवार

काठमाडौं । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध नाबालिकाले अदालतमा बयान फेरेकी छिन् । यस प्रकरणमा बहस गर्दै आएका कानुन व्यवसायीहरुले पीडित नाबालिकाले बयान फेरेको कुरा बाहिर ल्याएका हुन् ।

पीडित नाबालिकाले जिल्ला अदालत तनहुँमा उजुरीमा उल्लेख भएका विवरण सबै सत्य नभएको बताएको स्रोतले जनाएको छ । पीडितले आफु कसैको उक्साहटमा परेर जाहेरी दिएको बताएको दाबी वकिलहरुले गरेका छन् ।

उनको बयानसँगै पल शाहका शुभचिन्तकहरु खुशी भएका छन् ।

पल शाहमाथि नाबालिका गायिकाले आफुमाथि यौनजन्य अपराध गरेको भन्दै आरोप लगाएपछि उनका पिताले उजूरी दर्ता गरेका थिए । यही विषयसँग सम्बन्धित अर्को उजूरी नवलपरासीमा दर्ता भएको थियो । जाहेरीकर्ताले बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु