शिवालयमा लोकगीत प्रतियोगिता

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७६, सोमबार

काठमाडौं । पोखरा शिवालय मावि, रुपा–२, थुम्कीमा खुला लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । सोही अवसरमा विद्यालयको नाट्य समूहले बाल अधिकारी शीर्षकको नाटक मञ्चनसमेत रहेकोे छ । शिवालय बाल क्लबको आयोजनामा भएको लोकगीत प्रतियोगितामा प्राथमिक तहमा रश्मी परियार प्रथम भइन् । यस्तै, सुजाता पाण्डे र करुणा ओझाको समूह दोस्रो, कुसुम ओझा तेस्रो र कुशल सुवेदीको समूह सान्त्वना भए । त्यसै गरी आधारभूत तथा माध्यमिक तहमा निकिता लामिछाने पहिलो भइन् । प्रतियोगितामा आयुषा गुरुङ, बबिता ओझा र सुमीक्षा परियारको समूह दोस्रो, सन्दिप सुवेदी तेस्रो र गीता ओझा सान्त्वना भइन् । प्रतियोगितामा २० समूहको सहभागिता रहेको थियो ।

बाल क्लबका अध्यक्ष पुरुषोत्तम ओझाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाले विद्यालयमा पढाइका अलावा अतिरिक्त कार्यकलापमा समेत विद्यार्थीहरुको सक्रियताले आफू गौरवान्वित भएको बताए । उनले देशका नामुद कलाकारका रुपमा आजका विद्यार्थीलाई देख्ने आफ्ना धोको रहेको सुनाए । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले शिवालयमा कोरा किताबको मात्र पढाइ नभई जीवनका विभिन्न पाटाहरुको पढाइ हुने बताए । किताबबाहेक पनि पढ्नुपर्ने कुरा धेरै रहेको बताउँदै उनले जीवनका चौतर्फी सीपहरु सिकाउने अभियानमा विद्यालय लागिपरेको धारणा राखे । बाल क्लबकी शिक्षक संयोजक रस्मिला खनालको संयोजनमा भएको प्रतियोगिामा पूर्व प्रधानाध्यापक जयराम सुवेदीले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव धिराज सुनारले गरेका थिए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु