गायिका पूजाको ‘रहर’ भित्र झल्किएको प्रेम ‘हुन्छ भनन’

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७६, शनिबार

काठमाडौं । गायिका पूजा सुनुवारको पछिल्लो गीतिसंग्रह ‘रहर’ को लोकार्पण गरिएको छ। ‘रहर’ एल्बमभित्रका ‘हुन्छ भनन’ गीतभिडियो समेत सार्वजनिक भएको छ । संगीतकार संघका निवर्तमान अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्यतामा उक्त एल्बमको सार्वजनिक गरिएको हो ।
गायिका पूजा सुनुवारको ‘रहर’ एल्बमभित्र रहेको एउटा गीत ‘हुन्छ भनन…’ गीतको म्यूजिक भिडियोलाई उक्त समारोहमा सार्वजनिक गरिएको थियो । भिडियोलाई डश म्यूजिक नेपाल युट्यूव च्यानेलमार्फत विश्वव्यापी रुपमा सार्बजनिक गरिएको हो।

रहर एल्बमभित्र रहेको ‘हुन्छ भनन’ एउटा प्रेमी र प्रेमिकाबीचको वार्तालाभलाई लिएर निर्माण गरिएको छ । मनका कुरालाई गीतमार्फत् पोखेका गायिका पूजा सुनुवार र गायक डेभिड शंकरले । उनीहरुको स्वरलाई पछ्याउँदै मोडल प्रकाश सपुत र वर्षा राउतले अभिनय गरेका छन् भने साथमा पूजा सुनुवार र डेभिड शंकरको उत्तिकै रसिलो अभिनय रहेको छ ।

त्यस्तैगरी उदय राज पौडेलको संगीत संयोजनमा तयार पारिएको ‘हुन्छ भनन…’ गीतभिडियोमा दीपक शर्माको शव्द तथा संगीत, विकास दाहालको सम्पादन र अनुप चापागाईँको निर्देशन रहेको छ भने कोरियोग्राफरमा सुरेन्द्र बसेल र सिनेमाटोग्राफरमा उत्सव दाहाल छन्।

सातै भाषामा गीत गाएर रेकर्ड कायम गर्न सफल, विविध अवार्डै अवार्डले सम्मानित गायिका पूजा सुनुवारले यस अघि २०७३ साल ताका बजारमा ल्याएको पहिलो सोलो एलबम ‘‘नजर’ का गीतहरुले बजारमा राम्रो प्रतिक्रिया पाएको थियो।

डश म्यूजिक नेपालको प्रस्तुतीमा तयार भएको ‘रहर’ एल्बम् लोकार्पण तथा ‘हुन्छ भनन…’ गीतभिडियो सार्बजनिक कार्यक्रम समारोहमा नेपाली गीत संगीत उद्योगका वरिष्ठ उद्यमीहरु, प्रतिनीधिहरु, स्रष्टा, गायक गायिका, नायक नायिका लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु