१३औं म्युजिक खबर म्युजिक अवार्डमा प्रविन बेडवाल सर्वोत्कृष्ट गायक

म्यूजिक खबर
प्रकाशित: १८ असार २०८३, बिहीबार १५:२२
Prabin Bedwal Singer

१३ औं म्युजिक खबर म्युजिक अवार्ड २०८२ मा गायक प्रविन बेडवाल आधुनिक गीततर्फ सर्वोत्कृष्ट गायक बन्न सफल भए । गायक बेडवालले हृदयमा बोलको गीतबाट सर्वोत्कृष्ट गायक बन्न सफल भएका हुन् । हृदयमा गीत संगीतकार हरि लम्सालको संगीत र मोहन गुरुङको शब्द रहेको यो मेलोडियस गीतबाट उनले सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड जितेका हुन् । २०८३ साल असार १४ गते राजधानीको अम्रपाली बैंकट तथा इभेन्टमा आयोजना गरिएको उक्त अवार्ड कार्यक्रममा गायक बेडवालले सर्वोत्कृष्ट गायकको अवार्ड चुम्न सफल भएका हुन् । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यामा भएको उक्त अवार्ड कार्यक्रममा गीतसंगीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिएको थियो ।

गायक बेडवाल पछिल्लो समय व्यस्त गायकका रुपमा चिनिन्छन् । रियालिटी शोबाट गायनमा अब्बल बनेका गायक बेडवालले सयौं गीतमा आवाज दिइसकेका छन् । गायक प्रविन बेडवाल नेपाली आधुनिक तथा सुगम संगीत क्षेत्रका एक उत्कृष्ट र स्थापित गायक हुन्। नेपाल आइडल सिजन ३ मा ’फस्र्ट रनरअप’ (दोस्रो स्थान) हासिल गरेपछि चर्चामा आएका बेडवाल आफ्नो मेलोडियस र म*र्म स्पर्शी स्वरका कारण श्रोतामाझ ’उस्ताद’ का रूपमा समेत चिनिन्छन् । उनी बर्दिया जिल्लाका हुन् र उनले संगीतमा औपचारिक रूपमा स्नातक (Bachor’s of Music ) सम्मको अध्ययन गरेका छन् ।

गायक प्रविन बेडवाल नेपाली आधुनिक तथा सुगम संगीत क्षेत्रका एक स्थापित र उदीयमान नक्षत्र हुन् । रियालिटी शो ’नेपाल आइडल सिजन ३’ का फस्ट रनरअप (दोस्रो स्थान हासिल गरेका) उनी आफ्नो सुरिलो र मेलोडियस स्वरका कारण छोटो समयमै दर्शक तथा श्रोताको मन जित्न सफल भएका छन् ।
प्रविन बेडवालले थुप्रै एकल तथा युगल (म्गभत) आधुनिक गीतहरूमा आफ्नो स्वर दिइसकेका छन् । उनका स्वरमा रहेका गीतहरु नबोली नबोली युगल आधुनिक गीत उनको करियरकै सबैभन्दा व्यावसायिक रूपमा सफल र बहुचर्चित गीत मानिन्छ । छुट्नुपर्नेसँग, मुटुभित्रै राख्छु तिमीलाई, मलाई सम्झिनु, थोरै खुशी, तिमी अनि म, टु टेको सपना लगायतका रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु