
काठमाडौं । गायक प्रविन बेडवालको नयाँ गीत सार्वजनिक भएको छ। उत्सव चौलागाईंको शब्द रहेको ‘हाँसेकै छैन’ बोलको गीतमा विकाश पाण्डेको संगीत छ।
दुई प्रेमीको सम्बन्ध र विछोडको कथा म्युजिक भिडिओमा छ। बैवाहिक जीवनमा पुरानो प्रेमले निम्त्याएको उतरचढाव देख्न सकिन्छ। भिडिओमा लक्ष्मी बर्देवा, जीवन भट्टराई, अनुप न्यौपाने र अल्मा खतिवडाको प्रस्तुति छ।
लक्ष्मी र जीवनकै निर्देशनमा तयार भएको भिडिओ विष्णु खड्काले सम्पादन गरेका हुन्। सागर दाहाल सहायक निर्देशक हुन्।
गीत ‘हाँसेकै छैन’ बुधबार युट्युब च्यानल ‘टुवेल्भ नोट्स’ बाट सार्वजनिक भएको हो।